विष्णु माझीको पुरानो दसैं गीत पुनः सार्वजनिक

चर्चित लोक दोहोरी गायिका विष्णु माझीको दसैं गीत ‘परदेशी मेरो परदेशी’ पुनः सार्वजनिक भएको छ। गत वर्ष ल्याइएको गीतलाई यस वर्ष पुनः रिलिज गरिएको हो।

सपना म्युजिक इन्डष्ट्रिजको अफिसियल युट्युबमा गीत अपलोड गरिएको छ। गीतमा विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर छ। यसको रचना र संगीत सुन्दरमणिकै हो।

भिडिओमा ललिता पौड्याल र सुन्दरमणिको अभिनय छ। मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओ सुन्दरमणिकै निर्देशनमा बनेको हो।

By प्रदेश अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts