Avatar photo

प्रदेश अनलाइन

10 Posts
विष्णु माझीको पुरानो दसैं गीत पुनः सार्वजनिक

विष्णु माझीको पुरानो दसैं गीत पुनः सार्वजनिक

चर्चित लोक दोहोरी गायिका विष्णु माझीको दसैं गीत 'परदेशी मेरो परदेशी' पुनः सार्वजनिक भएको छ। गत वर्ष ल्याइएको गीतलाई यस वर्ष पुनः रिलिज गरिएको हो। सपना म्युजिक इन्डष्ट्रिजको अफिसियल युट्युबमा गीत अपलोड गरिएको छ। गीतमा विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर छ। यसको रचना र संगीत सुन्दरमणिकै हो। भिडिओमा ललिता पौड्याल र सुन्दरमणिको अभिनय छ। मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओ सुन्दरमणिकै निर्देशनमा बनेको हो।
Read More
शोकमा देशभरका फिल्म हल बन्द

शोकमा देशभरका फिल्म हल बन्द

चलचित्र संघको आह्वानमा मंगलबार देशभरका फिल्म हलहरू बन्द भएका छन् । जेनजीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएकाको शोकमा हल बन्द गरिएका हुन् । संघले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको जनाएको छ । संघले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ ।
Read More
नेपाली सेनाका हरिचन्द्रले दिए ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा अडिसन

नेपाली सेनाका हरिचन्द्रले दिए ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा अडिसन

लन्डन । नेपाली सेनाका लान्स कर्पोरल हरिचन्द्र गिरीले ‘द ब्रिटेन्स् गट ट्यालेन्ट’मा अडिसन दिएका छन् । बेलायती टिभी च्यानल आइटिभीमा प्रसारण हुने चर्चित उक्त शोका लागि गिरीले शनिबार द किया ओभल, सरे काउन्टी क्रिकेट क्लव लन्डनमा अडिसन दिएका हुन् । नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रका लान्स कर्पोरल हरिचन्द्रले तीन मिनेटभित्र वैशाखीलाई ब्यालेन्समा राखेर आँखाले नहेरी उल्टोबाट भर्‍याङको सिँढी ओर्लने, चढ्ने कला देखाए । त्यसमा खुकुरी ’प्याट्रन’ पनि समावेश थियो । गत वर्ष पनि उनले अडिसन दिएका थिए । यसपटक नतिजा राम्रो आउने आशामा छन् । यसको परिणाम अक्टोबर १७ मा आउने गिरीले जनाए । उनले सेप्टेम्बर १० मा…
Read More
प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । देशभर जेन जेडको आन्दोलन चर्किँदै जाँदा ६ बजे बस्ने गरी बैठक डाकिएको हो । एक अपिल जारी गर्दै उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःखी भएको बताएका छन् ।
Read More
धनगढीमा रहेको परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी

धनगढीमा रहेको परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी

२४ भदौ, कैलाली । कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् । धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् ।
Read More
पूर्व गृहमन्त्री रमेश लेखकको घरमा आगजनी

पूर्व गृहमन्त्री रमेश लेखकको घरमा आगजनी

२४ भदौ, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् । अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् ।
Read More
प्रदर्शनकारीद्वारा कांग्रेस सभापति देउवाको निवास तोडफोड

प्रदर्शनकारीद्वारा कांग्रेस सभापति देउवाको निवास तोडफोड

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन् । प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।
Read More
प्रदशनकारीद्वारा प्रचण्ड निवासमा आगजनी

प्रदशनकारीद्वारा प्रचण्ड निवासमा आगजनी

काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को  निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् ।
Read More
राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गुमाएका आठमध्ये पाँच जनाको पहिचान खुल्यो

राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गुमाएका आठमध्ये पाँच जनाको पहिचान खुल्यो

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ भने हालसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी  १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो । अन्यको भने पहिचान नखुलेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डण्ट डा .बद्री रिजालले जानकारी दिए । उनका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए ।
Read More
‘जेन जी’ आन्दोलनमा प्रहरीको घातक दमन, काठमाण्डौमा कम्तीमा १४ जनाको ज्यान गयो

‘जेन जी’ आन्दोलनमा प्रहरीको घातक दमन, काठमाण्डौमा कम्तीमा १४ जनाको ज्यान गयो

काठमाण्डाै – सामाजिक सञ्जालमा रोक, अव्यवस्था र भ्रष्टाचारको विरोधमा 'जेन जी' भनिने नवयुवा पुस्ताले काठमाण्डौमा गरेको आन्दोलन अशान्त हुँदा प्रहरीको गोली लागेर कम्तीमा १४ जनाको ज्यान गएको छ । प्रहरीले ज्यान गुमाएकाहरूको पुष्टि गरेको छैन । तर अस्पतालहरूबाट प्राप्त विवरण अनुसार कम्तीमा १४ जनाको ज्यान गएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ७ जनाको ज्यान गएको छ । यस्तै एभरेस्ट हस्पिटल बानेश्वरमा ३, सिभिल अस्पतालमा २ तथा केएमसी र त्रिवि शिक्षण अस्पतालमा १–१ जनाको ज्यान गएको छ । मृतकहरूको पहिचान खुलेको छैन । यस्तै अस्पतालहरूमा २ सय जनाभन्दा धेरैको उपचार भइरहेको छ । सिभिल अस्पतालमा मात्रै १ सय जनाभन्दा धेरैको उपचार भइरहेको…
Read More