गशिप

विष्णु माझीको पुरानो दसैं गीत पुनः सार्वजनिक

विष्णु माझीको पुरानो दसैं गीत पुनः सार्वजनिक

चर्चित लोक दोहोरी गायिका विष्णु माझीको दसैं गीत 'परदेशी मेरो परदेशी' पुनः सार्वजनिक भएको छ। गत वर्ष ल्याइएको गीतलाई यस वर्ष पुनः रिलिज गरिएको हो। सपना म्युजिक इन्डष्ट्रिजको अफिसियल युट्युबमा गीत अपलोड गरिएको छ। गीतमा विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर छ। यसको रचना र संगीत सुन्दरमणिकै हो। भिडिओमा ललिता पौड्याल र सुन्दरमणिको अभिनय छ। मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओ सुन्दरमणिकै निर्देशनमा बनेको हो।
Read More
शोकमा देशभरका फिल्म हल बन्द

शोकमा देशभरका फिल्म हल बन्द

चलचित्र संघको आह्वानमा मंगलबार देशभरका फिल्म हलहरू बन्द भएका छन् । जेनजीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएकाको शोकमा हल बन्द गरिएका हुन् । संघले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको जनाएको छ । संघले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ ।
Read More
नेपाली सेनाका हरिचन्द्रले दिए ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा अडिसन

नेपाली सेनाका हरिचन्द्रले दिए ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा अडिसन

लन्डन । नेपाली सेनाका लान्स कर्पोरल हरिचन्द्र गिरीले ‘द ब्रिटेन्स् गट ट्यालेन्ट’मा अडिसन दिएका छन् । बेलायती टिभी च्यानल आइटिभीमा प्रसारण हुने चर्चित उक्त शोका लागि गिरीले शनिबार द किया ओभल, सरे काउन्टी क्रिकेट क्लव लन्डनमा अडिसन दिएका हुन् । नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रका लान्स कर्पोरल हरिचन्द्रले तीन मिनेटभित्र वैशाखीलाई ब्यालेन्समा राखेर आँखाले नहेरी उल्टोबाट भर्‍याङको सिँढी ओर्लने, चढ्ने कला देखाए । त्यसमा खुकुरी ’प्याट्रन’ पनि समावेश थियो । गत वर्ष पनि उनले अडिसन दिएका थिए । यसपटक नतिजा राम्रो आउने आशामा छन् । यसको परिणाम अक्टोबर १७ मा आउने गिरीले जनाए । उनले सेप्टेम्बर १० मा…
Read More