समाचार

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । देशभर जेन जेडको आन्दोलन चर्किँदै जाँदा ६ बजे बस्ने गरी बैठक डाकिएको हो । एक अपिल जारी गर्दै उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःखी भएको बताएका छन् ।
Read More
धनगढीमा रहेको परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी

धनगढीमा रहेको परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी

२४ भदौ, कैलाली । कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् । धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् ।
Read More
पूर्व गृहमन्त्री रमेश लेखकको घरमा आगजनी

पूर्व गृहमन्त्री रमेश लेखकको घरमा आगजनी

२४ भदौ, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् । अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् ।
Read More
प्रदर्शनकारीद्वारा कांग्रेस सभापति देउवाको निवास तोडफोड

प्रदर्शनकारीद्वारा कांग्रेस सभापति देउवाको निवास तोडफोड

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन् । प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।
Read More
प्रदशनकारीद्वारा प्रचण्ड निवासमा आगजनी

प्रदशनकारीद्वारा प्रचण्ड निवासमा आगजनी

काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को  निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् ।
Read More
राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गुमाएका आठमध्ये पाँच जनाको पहिचान खुल्यो

राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गुमाएका आठमध्ये पाँच जनाको पहिचान खुल्यो

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ भने हालसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी  १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो । अन्यको भने पहिचान नखुलेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डण्ट डा .बद्री रिजालले जानकारी दिए । उनका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए ।
Read More
‘जेन जी’ आन्दोलनमा प्रहरीको घातक दमन, काठमाण्डौमा कम्तीमा १४ जनाको ज्यान गयो

‘जेन जी’ आन्दोलनमा प्रहरीको घातक दमन, काठमाण्डौमा कम्तीमा १४ जनाको ज्यान गयो

काठमाण्डाै – सामाजिक सञ्जालमा रोक, अव्यवस्था र भ्रष्टाचारको विरोधमा 'जेन जी' भनिने नवयुवा पुस्ताले काठमाण्डौमा गरेको आन्दोलन अशान्त हुँदा प्रहरीको गोली लागेर कम्तीमा १४ जनाको ज्यान गएको छ । प्रहरीले ज्यान गुमाएकाहरूको पुष्टि गरेको छैन । तर अस्पतालहरूबाट प्राप्त विवरण अनुसार कम्तीमा १४ जनाको ज्यान गएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ७ जनाको ज्यान गएको छ । यस्तै एभरेस्ट हस्पिटल बानेश्वरमा ३, सिभिल अस्पतालमा २ तथा केएमसी र त्रिवि शिक्षण अस्पतालमा १–१ जनाको ज्यान गएको छ । मृतकहरूको पहिचान खुलेको छैन । यस्तै अस्पतालहरूमा २ सय जनाभन्दा धेरैको उपचार भइरहेको छ । सिभिल अस्पतालमा मात्रै १ सय जनाभन्दा धेरैको उपचार भइरहेको…
Read More